काठमाण्डौ–त्रिशुली चल्ने ईभीको भाडा घट्यो

मंगलबार, वैशाख १८, २०८१

नुवाकोट । काठमाण्डौ–त्रिशुली भएर चल्ने ईभी माईक्रो वसको भाडा घट्ने भएको छ ।  नुवाकोटमा रहेका विभिन्न यातायात समितिले २० गते बिहीबारदेखि लागूहुने गरी भाडा घटाउने बताएका हुन् । टिमुरे यातायात प्रालिका अध्यक्ष प्रकाश जोशीका अनुसार ईभी माईक्रोको भाड तीन सय ३० रुपैयाँ कायम गरिएको छ । यात्रुहरुको माग र सरोकारवालाहरुको आग्रह अनुसार ईभी माइक्रोको भाडा घटाएको उनले बताए ।  यस्तै जिल्लामा रहेको अन्य यातायात समितिद्धारा संचालित ईभी माइक्रोहरुले पनि २० गते बिहिबारदेखि भाडा घटाउने बताएका छन् । यसअघि ईभी माईक्रोको भाडा ३ सय ५० रुपैयाँ कायम गरिएको थियो । सरकारले ईभी गाडीको भाडा निर्धारण नगरेको कारण यातायात व्यवसायीहरुले ईभीको भाडा आफूखुशी लिँदै आएका छन् ।  नुवाकोटमा टिमुरे यातायात प्रा.लि, नमस्ते पासाङल्हामु यातायात प्रा.लि र नेपाल माइक्रोवस कम्पनी प्रालिले ईभी माइक्रो संचालन गरिरहको छन् । 

 

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १९:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार