आफ्नै सन्तानको हत्या गर्ने आमा पक्राउ

मंगलबार, वैशाख १८, २०८१

विराटनगर । मोरङको मिक्लाजुङमा नवजात शिशुको हत्या आरोपमा प्रहरीले आमालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका–१ सातबोटेकी २६ वर्षीया अस्मिता राई रहेकी छन् । उनले शिशु जन्माएर हत्या गरी फ्यालेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। अस्मिताले छोरा जन्माएकोमा हत्या गरेर फालेकी हुन् । घरदेखि १ किलोमिटर उत्तरमा रहेको बाँसघारीमा छोरा जन्माएको र हत्या गरेर ढुंगाको चेपमा फ्यालेको प्रहरीले जनाएको छ। बाँसघरीबाट १० मिटरजति पश्चिममा रहेको ढुंगाको चेपबाट सोमबार साँझ कपडाले छोपेर राखेको अवस्थामा शिशुको शव फेला परेको थियो । शिशुको हत्या गरेर घर फर्किएकी अस्मिताको शरीरमा रगत देखेपछि शंका लागेर आफन्तले सोधपुछ गरेका थिए। सोधपुछ गर्ने क्रममा शिशुको हत्या गरेको खुलेपछि आफन्त र स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १८:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार