१६ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा भक्तपुरमा वृद्ध पक्राउ

सोमबार, वैशाख १७, २०८१

भक्तपुर । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरमा एक जना वृद्ध पक्राउ परेका छन् ।  भक्तपुर नगरपालिका-३ खौमा बस्ने ६१ वर्षीय लक्ष्मीप्रसाद फाजुलाई बलात्कार आरोपमा प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो ।  फाजुले ती बालिकालाई पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएको प्रहरीले पक्राउ गरेको हाे । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १५:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार