भारतमा भयानक दुर्घटनाः ८ को मृत्यु २३ घाइते

सोमबार, वैशाख १७, २०८१

नयाँदिल्ली । भारतको छत्तीसगढको बेमेटारामा पार्किङ गरिएको ट्रकलाई पिकअपले ठक्कर दिएको छ । सो भयानक दुर्घटनामा परी ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा ५ महिला र ३ बालबालिका रहेका छन् भने २३ जना घाइते भएका छन् । भारतीय प्रहरीका अनुसार घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई रायपुर एम्समा रिफर गरिएको छ । दुर्घटना बेमेत्रा थाना क्षेत्रको काथिया गाउँमा भएको हो । प्राप्त जानकारीअनुसार सिमगा नजिकैको तिरैया गाउँमा छठी कार्यक्रममा सहभागी हुन पिकअपमा ४०–५० जना गएका थिए । फर्कँदै गर्दा राति करिब २ः३० बजे यो दुर्घटना भएको हो । घाइते ११ जनालाई बेमेत्रा जिल्ला अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । जबकी ८ जनाको शव र १२ घाइतेलाई सिमगा सामुदायिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ०८:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार