यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

सोमबार, वैशाख १७, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६५ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ २८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९३ पैसा रहेको छ । आज बेलायती पाउन्ड एकको खरिददर १६६ रुपैयाँ १९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ९४ पैसा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३२ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ३२ पैसा र बिक्रीमा ९७ रूपैयाँ ७६ पैसा कायम गरिएको छ । उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ४० पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ४४ पैसा, चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३६ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४४ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६६ पैसा तथा बिक्री दर ९ रुपैयाँ ७० पैसा कायम गरेको जनाइएको छ ।  यसैगरी, सोमबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४९ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६६ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ४८ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २२ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३९ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार २७ रूपैयाँ ९१ पैसा र बिक्रीदर २८ रूपैयाँ ०३ पैसा कायम गरेको छ । यसैगरी, सोमबारको लागि कुवेती दिनार एकको खरिददर ४३२ रुपैयाँ ०५ र बिक्रीदर ४३४ रुपैयाँ निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ४९ पैसा निर्धारण भएको छ।
 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ०८:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार