डडेल्धुरामा आगोमा परी एक जनाको मृत्यु

आइतबार, वैशाख १६, २०८१

काठमाडौं । डडेल्धुरामा आगोमा परेर एक जनाको मृत्यु भएको छ।  नवदुर्गा गाउँपालिका–३ का अन्दाजी ६२ वर्षीय चन्द्रे चुनाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । खरबारीमा लगाएको आगोमा लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। आफ्नै खेतबारीको घेरबार हाल्नको लागि झिग्रा काट्ने क्रममा उनी शुक्रबार खरबारीको आगोमा परेका थिए ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०९:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार