मुख्यमन्त्री यादवद्वारा आगलागी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण

आइतबार, वैशाख १६, २०८१

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले महोत्तरीकी मठिहानी ६ स्थित आगलागी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।  प्रधामन्त्रीको अध्यक्षतामा भएको बैठकमा सहभागी हुन काठमाडौ पुगेका मुख्यमन्त्री यादव जनकपुर फर्किए लगतै मठिहानी पुगी आगलग्गी प्रभावित क्षेत्रको निरीक्षणकासाथै पीडित परिवारहरु अवस्थाबारे जानकारी लिएका छन् ।  पीडित परिवारहरुसंग कुरा गर्दै मुख्यमन्त्री यादवले क्षतिको एकिन विवरण पठाउन जिल्ला विपद व्यवस्थापन समितिलाई निर्देशन दिई सकिएको र विवरण प्राप्त भए लगतै प्रदेश सरकारबाट ठोस राहत प्याकेज घोषणा गरिने प्रतिवद्धता व्यक्त गरे । प्रदेश सरकार जनताको सरकार रहेको उल्लेख गर्नु हुँदै उनले जिल्ला विपद व्यवस्थापन समितिको समन्वयमा तत्कालिक राहत प्याकेज वितरणमा कुनै समस्या नरहेको हुँदा ठोस राहतका लागि छिट्टै प्याकेज घोषणा हुने बताए ।  बैशाख १२ गते मटिहानी नपा वडा नं. ६ मा भएको भिषण आगलग्गी बाट एक सय ३ घर जलेको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०६:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार