नेप्सेमा सामान्य गिरावट

बिहीबार, वैशाख १३, २०८१

काठमाडौं । विहीबार नेप्से सामान्य अंकले घटेको छ । आज नेप्से ३.२४ अंकले घटेर १९६५.९३ विन्दुमा रोकिएको छ । त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ०.१० प्रतिशतले घटेर ३४८.१८ विन्दुमा रोकिएको छ । आज ३०३ कम्पनीका ६३ लाख १२ हजार ५५२ कित्ता सेयर ४२ हजार १६ पटक कारोबार हुदै २ अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँमा कारोबार भएका थिए । त्यस्तै आज मल्टीपर्पोज फाइनान्सको शेयर सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने पोखरा फाइनान्सको शेयर मुल्य ८.०५ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सबैको लघुवित्तको शेयर ५.८३ प्रतिशतले घटेको छ भने माइ खोला हाइड्रोको शेयर मुल्य ५.४५ प्रतिशतले घटेको छ । आज ५ समूहको उपसूचकबाहेक अन्यको सूचक नकारात्मक रहेका छ, जसमा फाइनान्स समूहको उपसूचक सबैभन्दा बढी ३.१३ प्रतिशतले बढेको छ । आज कारोबार रकमको हिसाबले सबै भन्दा बढी पोखरा फाइनान्सको शेयर कारोबार भएको छ । आज पोखरा फाइनान्सको ११ करोड २६ लाख ४६ हजार ८१७ बराबरको कारोबार भएको छ ।
  

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १७:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार