यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर 

बिहीबार, वैशाख १३, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०२ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ६२ पैसा रहेको छ । बुधबार डलर एकको खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६६ पैसा रहेको थियो । 
आज युरो एकको खरिद दर १४२ रुपैयाँ १३ पैसा र बिक्री दर १४२ रुपैयाँ ७७ पैसा पुगेको छ । बुधबार युरो एकको खरिद दर १४१ रुपैयाँ ९८ पैसा र बिक्री दर १४२ रुपैयाँ ६२ पैसामा कारोबार भएको थियो । 
यस्तै, बेलायती पाउण्ड एकको खरिद दर खरिद दर १६५ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्री दर १६६ रुपैयाँ २० पैसा पुगेको छ । हिजोको तुलनाम आज युरोको भाउ बढेको छ । हिजो पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ८४ पैसा र बिक्री दर १६५ रुपैयाँ ६८ पैसा रहेको थियो । 
बुधबार कतारी रियालको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेकामा आज रियालको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसामा कारोबार भैरहेको राष्ट्र बैंकले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ०८:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार