रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट लाखौंको क्षति

मंगलबार, वैशाख ११, २०८१

रौतहट। रौतहटको देवाहि गोनाही १ करुनियास्थित मंगलवार अपरान्ह भएको आगलागीबाट ७ वटा घर जलेर लाखौंको क्षति भएको छ । बिद्युतको तार सर्ट भएर अपराह्नन ४ बजे भएको आगलागी बाट स्थानीय साबिर हुसेन, नजारुल अन्सारी, अनसारुल अन्सारी, ईद महमद, मजिद अन्सारी, सोबराती अन्सारी, र अलिशेर अन्सारीको घर जलेर नष्ट भएको हो । आगलागीबाट घरमा रहेको अन्नपात, लत्ताकपडा, भाडा वर्तन, नगदसहित घरहरु जलेर पूर्ण रुपमा नष्ट भएका छन् । आगलागीबाट कुल १६ लाख ९० हजार बराबरको क्षति भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन् । सशस्त्र प्रहरी सुरक्षा बेश देवाहीबाट सई कृष्ण नन्दन राय यादबको कमाण्डमा खटिएको ९  जना, ईलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट इन्स्पेक्टर कुशाराम कार्कीको कमाण्डमा गएको १० जनाको टोली गौर नगरपालिकाबाट गएको दमकल र स्थानीबासीहरुको सहयोगमा करिब ५ बजेको समयमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  २१:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार