पृथ्वी दिवसमा सिद्धार्थ बैंकद्धारा सरसफाइ र चित्रकला प्रतियोगिता 

मंगलबार, वैशाख ११, २०८१

काठमाडौं । सिद्धार्थ बैंकले स्वच्छ वातावरण निर्माणमा सघाउन र भविष्यका पुस्ताका लागि पृथ्वीको संरक्षणका लागि प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरी पृथ्वी दिवस २०२४ मनाएको छ। सो अवसरमा सरसफाइ, चित्रकला प्रतियोगितालगायत कार्यक्रम गरिएको बैंकले बताएकोछ। बैंकले सरसफाइ कार्यक्रमअन्तर्गत १५ विभिन्न सार्वजनिक स्थानमा सरसफाइ कार्यक्रम आयोजना गरेको हो । बालबालिकालाई सानै उमेरमा प्लास्टिकले निम्त्याउने वातावरणीय चुनौतीबारे सचेत गराउने उद्देश्यले पृथ्वी दिवस २०२४ को नारा ‘प्लानेट भर्सेस प्लास्टिक’मा चित्रकला प्रतियोगितासमेत आयोजना गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।  यस्ता कार्यक्रमले पृथ्वीमा दिनानुदिन बढ्दै गएको प्लास्टिक प्रयोगका साथै प्रदूषणबाट पर्ने नकारात्मक असरबारेमा जानकारी दिएर सर्वसाधारणलाई वातावरण स्वच्छ र सफा राख्न प्रेरित गर्ने विश्वास बैंकको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १४:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार