ग्लोबल आइएमई बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत 

मंगलबार, वैशाख ११, २०८१

काठमाडौं। ग्लोबल आइएमई बैंकको ३५ लाख ७७ हजार १०५.९६ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको १ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो।  साधारणसभाले ८ प्रतिशत नगद लाभांश वितरण प्रस्तावसमेत पारित गरेको थियो। डिम्याट खातामा जम्मा भएपछि सेयर कारोबार गर्न सकिनेछ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ०७:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार