स्रोत सिमित छन,आवश्यकताहरू असिमित छन् : मन्त्री तामाङ

मंगलबार, वैशाख ११, २०८१

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आगामी वर्षमा गर्न सक्ने कामहरुको बारेमा मन्त्रालय सकारात्मक रहेको विश्वास दिलाएका छन् ।   नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको १४ औं वार्षिकोत्सव समारोहमा सोमबार उनले मुलुकमा स्रोतहरु सिमित र आवश्यकताहरु असिमित भएको भन्दै अगामी वर्षमा गर्नसक्ने काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, ‘हाम्रो स्रोतहरू सिमित छन् । आवश्यकताहरू धेरै छन्, असिमित छन् ।

राष्ट्रिय अर्थव्यवस्था मात्रै होईन, अन्तर्राष्ट्रिय जगतसमेत केही वर्षदेखि अर्थतन्त्र लयमा आउन खाजेको छ तर अपेक्षित प्रगति भईरहेको छैन् । जसले गर्दा न्यूनतम गर्नैपर्ने विषयहरु पनि सम्बोधन गर्न नसकिने खालको अवस्था पनि जानकारी गराउन चाहन्छु । त्यही पनि मन्त्रालयको तर्फबाट आगामी वर्षमा गर्न सक्ने कामहरु धेरै हुदाहुदैँ पनि गर्न सक्ने कामहरुको बारेमा सकारात्मक रहेको विश्वास दिलाउन चाहन्छु ।’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तर र क्षेत्रीय स्तरमा पनि विभिन्न जातजाती समुदायको भाषा, संस्कृती र संगीतको व्यवस्थापन गर्ने उद्देश्यले गठित प्रतिष्ठान आपंmैमा महत्व प्राप्त संस्था भएको पनि उनको भनाई छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ०५:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार