विभिन्न अडचनको कारण बर्दिवास नगर क्षेत्रमा विकास नभएको नगरप्रमुखको स्विकारोक्ती

सोमबार, वैशाख १०, २०८१

महोत्तरी । बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले नगरमा विकासको गतिलाई अगाडि बढाउन नसकिएको स्विकार गरेका छन् । सडक संजालमा पुराना ठेक्काका काम, ढलान र स्त्तरोन्न्ती वाहेक २ बर्षसम्म नगर लयमा अगाडि वढन नसकेको आरोप लागिरहेको वेला नगरप्रमुख क्षेत्रीले विकासमा ग्रहण लागेको वताएका हुन् । मधेश प्रदेश सरकारका नवनियुक्त दुई मन्त्री भरत प्रसाद साह र सारदादेवी थापालाई वधाई तथा सुभकामना दिन आयोजना गरेको एक कार्यक्रममा वोल्दै विकासको गतिमा बाधा र अन्धकार लागेको प्रतिक्रिया दिए । `बर्दिवासको विकास अन्य ठाउँको तुलनामा पछि परेको छ । यस्को पछाडी विभिन्न वाधा र व्यवधान खडा भएका छन यस्को लागि दुई मन्त्रीले  नेतृत्व लिनुपर्छ, नगरप्रमुख क्षेत्रीले भने, `म आफै पनि यस्लाई छिचोलेर अगाडि वढीरहेको छु ।´उनले विकासमा के कारणले ग्रहण लागेको भन्ने बिषयमा नखुलाएतापनी केही अवरोध  कै कारण विकास हुन नसकेको स्विकार गरेका छन । विकासमा अवरोध सिर्जना गर्न केही मानिसहरु लागेको र विकासलाई सकारात्मकरुपमा ग्रहण गर्न नगरप्रमुख क्षेत्रीले आग्रह गरे । तर वाधा र विरोध आएतापनी आफू विचलित नभएको र विकासलाई गति दिन प्रयासरत रहेको उन्को भनाई छ । नगरप्रमुख क्षेत्रीले निर्वाचित भएको केही महिनादेखी नै विकासमा ग्रहण र वादल लागेको वताएका थिए । अपेक्षित विकास नभएको भन्दै सामाजिक संजालवाट वाक्लै आलोचना सुरु हुन थालेपछी नगरप्रमुख क्षेत्रीले उहीँ पुरानो वाक्यलाई पुनरावृती गराएका छन । अन्य क्षेत्रको तुलनामा बर्दिवास नगर क्षेत्रको विकास नभएको स्विकार गर्दै नगरप्रमुख क्षेत्रीले यसभित्रको किचलो र अडचनलाई दुई मन्त्रीले नै हटाउनेमा विस्वास ब्यक्त गरे । विकासको काममा जस लिनेहरुप्रती समेत व्यंग्य प्रहार गर्दै उन्ले यस्ले राम्रो नगर्ने वताए । संघ, प्रदेश, स्थानिय सरकारमा जस्ले नेतृत्व गरेको भएतापनी विकासमा भने साझा धारणा वनाउनुपर्नेमा नगरप्रमुख क्षेत्रीको जोड रहेको छ ।
 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १५:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार