प्रभु हेलिकप्टरका पाइलट निलम्बित

आइतबार, वैशाख ९, २०८१

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टर लिमिटेडका पाइलट क्याप्टेन पासाङ शेर्पालाई निलम्बन गरेको छ । प्राधिकरणले उडानका क्रममा अस्वीकार्य र अनाधिकृत ककपिट गतिविधि गरेको भन्दै अर्को सूचना नभएसम्मका लागि क्याप्टेन शेर्पालाई निलम्बन गरेको जानकारी दिएको छ ।  क्याप्टेन शेर्पाले केहि महिना अघिको गोसाइँकुण्ड उडानका क्रममा यात्रुलाई ककपिटमा राखेको र निषेधित गतिविधि गरेपछि प्राधिकरणले एक्सन लिएको बुझिएको छ ।   क्यानले घटनाको विस्तृत अनुसन्धान गरिने जनाएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  २१:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार