पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते

शनिबार, वैशाख ८, २०८१

पाल्पा । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका छन ।  जसमध्ये एक जनाको अवस्था गम्भिर रहेको छ । पाल्पाको निस्दी–३, खाँदरमा जिप दुर्घटना हुँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ ।  शुक्रबार राती लु १ ज २५३५ नम्बरको जिप जन्ती लिएर निस्दी खाँदरबाट सहलकोटतर्फ जाने क्रममा सो दुर्घटना भएको हो ।  भित्री कच्ची सडकमा दुर्घटना हुँदा जिपमा सवार १७ जनामध्ये १० जना घाइते हुन पुगेका थिए । घाइतेहरूको उपचारका लागि रामपुर अस्पतालमा पठाइएको छ । सो जीपका चालक फरार रहेकाले खोजी कार्य जारी राखिएको छ । 

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार