इजरायलमा वेपत्ता कञ्चनपुरका वीपीन जोशीको परिवारले भेट्यो राष्ट्रपतिलाई 

शुक्रबार, वैशाख ७, २०८१

काठमाडौँ । इजरायलमा वेपत्ता भएका कञ्चनपुर भीमदत्त नगरपालिकाका वीपीन जोशीको परिवारले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गरी छिटो र सकुशल उद्धारका लागि आवश्यक पहल गरिदिन आग्रह गरेका छन् ।  राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार जोशीका आमाबाबुसहितको टोलीले राष्ट्रपति पौडेललाई भेटेर यस्तो आग्रह गरेका हुन् ।  भेटका अवसरमा राष्ट्रपति पौडेलले यसबारेमा आफू चिन्तित रहेको र उद्धारका लागि आफ्नोतर्फबाट सकारात्मक पहल हुने विश्वास दिलाएका थिए । २०८० असोज २० गते इजरायलमा हमासले गरेको आक्रमणमा परी दश नेपालीको मृत्यु भएको थियो भने जोशी सम्पर्कविहिन भएका थिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १४:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार