विमानको सिटमा बेवारिसे भेटियो एक किलो ७० ग्राम सुन

शुक्रबार, वैशाख ७, २०८१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला परेको छ ।  बुधबार रति ११ बजे अन्तर्राष्ट्रिय उडानतर्फको आगमन भई भारतको दिल्लीबाट आएको इन्डिगो एयरको सिट नम्बर २७ र २८ को तलपट्टि बेवारिसे अवस्थामा सो सुन फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । बेवारिसे अवस्थामा भेटिएको सो सुनमा सिक्री तीन, ६ वटा सुनको बिस्कुट, दुई टुक्राका साथै दुइ वटा सिक्री जोड्ने स-साना रिङ फेला परेको छ । सोको कूल अन्दाजी तौल एक किलो ७० ग्राम रहेको प्रहरीले जनाएको छ । अहिले सो सुन बारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १४:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार