तोलामा ७०० ले बढ्याे सुनकाे मूल्य ?

शुक्रबार, वैशाख ७, २०८१

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ७०० ले बढेर १ लाख ३९ हजार ३०० कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ६५० रुपैयाँ निर्धारण भएको छ । यसअघि विहिबार छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ६०० रुपैयाँ कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।  त्यसैगरी आज चाँदीको मुल्य भने सामान्य घटेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ११:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार