स्वदेशी उद्योगको विकासमार्फत अर्थतन्त्र अझै चलायमान बनाउन सकिन्छ : मन्त्री भण्डारी

शुक्रबार, वैशाख ७, २०८१

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोमर भण्डारीले स्वदेशी उद्योगको विकासको माध्यमबाट अर्थतन्त्र अझै चलायमान बनाउन आवश्यक रहेको बताएका छन् ।  बिहीबर काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाद्धरा आयोजित कार्यक्रममा उनले सवल र  सक्षम अर्थतन्त्रको विकासका लागि उद्योगी व्यवसायहरुको आत्मबल बढाउँदै नयाँ आर्थिक अवसरहरु सृजना गर्न आवश्यक रहेको बताए ।  उनले भने,‘केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधारहरु आउन थालेको छ । अर्थतन्त्रमा केही सूचकहरु सुधारोन्मुख रहेको वर्तमान अवस्थामा व्यापार व्यवसाय तथा स्वदेशी उद्योग विकासको माध्यमबाट अर्थतन्त्र अझै चलायमान बनाउन आवश्यक देखिन्छ । सवल सक्षम अर्थतन्त्रको विकासका लागि उद्योगी व्यवसायहरुको आत्मबल बढाउँदै नयाँ आर्थिक अवसरहरु सृजना गर्न आवश्यक देखिएको छ । यसले एकातिर अर्थतन्त्रमा सकरात्मक सन्देश प्रवाह गर्छ भने अर्कातिर देशभित्रै रोजगारीको अवसर सृजना हुन्छ ।’  मन्त्री भण्डारीले लेखा व्यवसायीहरुको कार्य कुशलतामार्फत बिभिन्न कम्पनी तथा निकायका वित्तिय विवरणहरु यतार्थ र उचित प्रश्तुतीकरणले गर्दा शासकीय प्रवन्ध दिगो र बलियो हुनुपर्नेमा जोड दिए । उनले व्यवसायीहरुका कारण अर्थतन्त्रमा पारदर्शिता, जवाफदेहीता ,व्यवस्थापकीय संक्षमता एवम् वित्तिय अनुशासन पालना समेत थप प्रभावकारिता हासिल हुँदै गएको पनि बताए । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ०४:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार