बाटोमा हराएको १७ लाख रुपैयाँ फेला पारेर फिर्ता

शुक्रबार, वैशाख ७, २०८१

काठमाडौं । बाटोमा हराएको १७ लाख रुपैयाँ फेला पारेर जिल्ला प्रहरी कार्यालय कास्कीले सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरेको छ । जिल्ला प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माका अनुसार बिहीबार दिउँसो करिब डेढ बजेको समयमा ४३ वर्षीय मनोहर पवँरको पैसा राखेको झोला हराएको थियो ।  पोखरा–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा काम गर्ने पवँर बिहीबार नयाँ बजारस्थित कृषि विकास बैंकमा जम्मा गर्न जाँदै थिए । पैसा राखेको झोला मोटरसाइकलको ‘लेग गार्ड’ बाट कहाँ खस्यो भन्ने पत्तै पाएनन् । हराएपछि मात्रै थाहा पाए । 
घटनालगत्तै उनले प्रहरीलाई खबर गरे । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले खोजतलास गर्दा उक्त झोला भारत घर भई पोखरा–३ पालिखे चोकमा बस्ने ६५ वर्षीय छोटुलाल शर्माले भेटेको पत्ता लाग्यो ।   पैसाको झोला फेला पारेका शर्माकै रोहवरमा सुनारलाई उक्त रकम बिहीबारै फिर्ता गरिएको प्रहरीले जनाएको छ ।  

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ०३:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार