नेप्सेमा आज पनि गिरावट

बिहीबार, वैशाख ६, २०८१

काठमाडौँ । शेयर बजारमा आज पनि गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १९.५६ अङ्कले घटेर १९७२.१४ अंकमा सिमित भएको छ ।  आज नेप्से सेन्सेटिभ परिसूचक ३.०४ अङ्कले ओरालो लागेको छ र ३५०.४७ अंकमा पुगेको छ । आज कूल ५३ लाख ४४ हजार ६१३ कित्ता शेयर २ अर्ब ९ करोड ३६ लाख १२ हजार ७९२ मूल्यमा खरिद बिक्री भएका छन् ।  कारोबार भएकामध्ये गुर्खाज फाइनान्सको १७ करोड ८२ लाख ८५ हजार चार सय ४१ मूल्यमा खरिद बिक्री भएको छ । त्यस्तै आज सूर्यज्योति लाइफ इन्स्योरेन्स १० करोड ५१ लाख ३७ हजार ६७९, पोखरा फाइनान्स ७ करोड ३७ लाख ५५ हजार ६४६, शिवम् सिमेन्टको ५ करोड ४५ लाख १९ हजार १२३ र हिमालयन रिइन्स्योरेन्सको ५ करोड ३० लाख ४९ हजार ५५१ मूल्यमा कारोबार भएको थियो । नेप्सेका अनुसार आज खानीखोला हाइड्रोको ७. ९४ तथा पोखरा फाइनान्सको ६.२१ ले बढेको छ ।  त्यसैगरी आज रुरु जलविद्युतको ९.९९ तथा गुर्खाज फाइनान्सको शेयर मुल्य ९.३९ प्रतिशतले घटेको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १८:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार