आज सुनचाँदीको मूल्य कति पुग्यो ?

बिहीबार, वैशाख ६, २०८१

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ६०० ले घटेर १ लाख ३८ हजार ६०० कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । यसअघि बुधबार छापावाल सुन प्रतितोला १ लाख ३९ हजार २०० रुपैयाँ कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।  त्यसैगरी आज चाँदीको मुल्य भने सामान्य बढेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले बढेर  प्रतितोला १७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १३:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार