डलरको भाउ स्थिर, यूरो र पाउण्डको मूल्य बढ्यो

बिहीबार, वैशाख ६, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।  जसअनुसार आज अमेरिकी डलरको भाउ बुधबारदेखि स्थिर छ । राष्ट्र बैंकले आज पनि अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा तोकेको छ ।  त्यस्तै, यूरो एकको खरिद दर १४१ रुपैयाँ ९३ पैसा र बिक्री दर १४२ रुपैयाँ ५७ पैसा रहेको तोकिएको छ । बुधबार यूरोको खरिद दर १४१ रुपैयाँ ८२ पैसा र बिक्री दर १४२ रुपैयाँ ४५ पैसाका दरले कारोबार भएको थियो । 
यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ १४ पैसा र बिक्री दर १६६ रुपैयाँ ८९ पैसा तोकिएको छ । बुधबार खरिद दर १६६ रुपैयाँ ०५ पैसा र बिक्री दर १६६ रुपैयाँ ८० पैसाले कारोबार भएको थियो ।  आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा तोकिएको छ । बुधबार खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ०६:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार