विराटनगरस्थित रानी क्षेत्रमा दुई समूहबीच झडप

बिहीबार, वैशाख ६, २०८१

विराटनगर । मोरङको विराटनगरस्थित रानीमा तनाव भएको छ । एक समूहले निकालेको मोटरसाइकल र्‍यालीलाई अर्को समूहले अवरोधको प्रयास गरेपछि दुवै पक्षबीच झडप भएको प्रहरीले जनाएको छ । झडपका क्रममा दुवै पक्षबीच् ढुंगा हानाहान समेत भएको थियो ।  सो क्षेत्रमा अवस्था नियन्त्रणमा लिन व्यापक प्रहरी परिचालन गरिएको र नियन्त्रणका लागि प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गरेको थियाे । 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ०४:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार