वैवाहिक बन्धनमा बाँधिए एलिना र विष्णु

बुधबार, वैशाख ५, २०८१

काठमाडौँ । गायिका एलिना चौहान प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिएकी छन् । उनले बुधबार लामो समयदेखि प्रेमी रहेका सापकोटासँग विवाह बन्धनमा बाधिएकी हुन् । एलिना र विष्णुको विवाह समारोह झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा भएको हो । बाग्लुङ निवासी विष्णु विवाहका लागि जन्तीसहित मंगलबार नै झापा पुगेका थिए ।  विष्णु केही समयदेखि अस्ट्रेलिया बस्दै आएका छन् भने एलिना नेपालमै गायनमा सक्रिय छिन् । 

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १४:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार