लगन गाँठो कस्दै गायिका एलिना चौहान

बुधबार, वैशाख ५, २०८१

काठमाडौं । चर्चित गायिका एलिना चौहानको आज बिबाह हुदैँछ । गायिका एलिना चौहान अष्ट्रेलियामा बस्दै आएका प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिन लागेकी हुन् । परम्परागत रूपमा हुने सो विवाह समारोह एलिनाको गृह जिल्ला झापामा हुनेछ, जसका लागि बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा विवाह समारोहको आयोजना गरिएको छ । 

मंगलबार उनले मेहन्दी समारोह गरेको तस्विर तथा भिडियो सार्बजनिक भइसकेको छ भने बागलुङबाट जन्तीसहित बिष्णु मंगलबार नै झापा पुगिसकेका छन् । एलिना र विष्णुले केही वर्षको प्रेम विवाहमा परिणत गर्न लागेका हुन् । विष्णु केही समयदेखि अस्ट्रेलिया बस्दै आएका छन् । तर, यसबिचमा उनीहरूको ब्रेकअप भएको हल्ला पनि चलेको थियो । सो हल्लालाइ चिर्दै एलिना–बिष्णु बिबाह बन्धनमा बाँधिन लागेका हुन । 

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १३:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार