कति छ आज सुनचाँदीको मूल्य ?

बुधबार, वैशाख ५, २०८१

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य स्थिर रहदै मंगलबारकै १ लाख ३९ हजार २०० मा कारोबार भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ५०० रुपैयाँ किनबेच भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।  त्यसैगरी आज चाँदीको मुल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा ३५ रुपैयाँले घटेर  प्रतितोला १७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १२:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार