सुनको मूल्यमा नयाँ रेकर्ड कायम

मंगलबार, वैशाख ४, २०८१

काठमाडौं । सुनको भाउले १७ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५५० रुपैयाँ निर्धारण भएको छ । यसअघि चैत ३० गते सुनको मुल्यमा नयाँ रेकर्ड कामय भएको थियो । सो दिन छापावाल सुन प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँ निर्धारण भएको थियो । यस्तै, सोमबार सुनको भाउ प्रतितोला १ लाख ३७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३६ हजार ८५० रुपैयाँ निर्धारण भएको थियो । यता, आज चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले बढेर १७ सय ५० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १७ सय १५ रुपैयाँ कायम रहेको थियो । 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १४:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार