सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध मुद्धा दायर

मंगलबार, वैशाख ४, २०८१

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसहित पाँच जनाविरुद्ध मुद्धा दायर गरेको छ । अख्तियारले दुनै सदरमुकाममा डिपिआर सम्पन्न भएको जिल्लास्थित कभर्डहल तथा खेलमैदान निर्माणका क्रममा फिल्डमा भएको काम भन्दा ९ लाख ९३ हजार ९४० बढी बिल भरपाई गराई भुक्तानी लिएको भन्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको हो । अख्तियारले सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्य, सव इन्जिनियर मोति प्रसाद बुढा, उपभोक्ता समिती दुनैका अध्यक्ष अभिषेक शाही, सचिव अपरा गुरुङ र कोषाध्यक्ष विश्वनाथ शाहीविरुद्ध मुद्धा दायर गरेको जानाएको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १४:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार