नेपाल पुनर्बिमा कम्पनीको लाभांश घोषणा

मंगलबार, वैशाख ४, २०८१

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट ५ प्रतिशत लाभांश दिने भएको हो । कम्पनीको सोमबार (वैशाख ३ गते) बसेको सञ्चालक समितिको बैठकले ४.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । अब यो प्रस्ताव सरकार र बिमा समितिले स्विकृति दिएपछि साधारण सभामा लगिनेछ र सभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् । आर्थिक वर्ष २०७८–७९ को नाफाबाट पनि कम्पनीले कम्पनीले ४.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १४:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार