अमेरिकी डलरको भाउ घट्याे

मंगलबार, वैशाख ४, २०८१

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । मंगलबार अमेरिकी डलरको भाउ सामान्य बढेको छ ।  आज अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ २३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८३ पैसा रहेको छ। सोमबार अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ १७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७७ पैसामा भएको थियो । 
त्यसैगरी, मंगलबार युरो एक रुपैयाँ २९ पैसाले बढेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६६ पैसा रहेको छ। सोमबार भने यसको खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३७ पैसा तोकिएको थियो ।  आज बेलायती पाउन्ड ६७ पैसाले बढेर पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६७ रुपैयाँ १७ पैसा तोकिएको छ। यसअघि सोमबार पाउन्ड एकको खरिददर १६५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १६६ रुपैयाँ ५६ पैसा थियो । त्यसैगरी मंगलबारको लागि अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८० पैसा कायम गरिएको छ। मंगलबार क्यानेडियन डलर एकको खरिददर भने ९६ रूपैयाँ ९६ पैसा र बिक्रीमा ९७ रूपैयाँ ३९ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ६६ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ७० पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४९ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६३ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६८ पैसा कायम गरेको जनाइएको छ । 
यसैगरी, मंगलबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ५३ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६६ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ५२ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ६८ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४४ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार २७ रूपैयाँ ८८ पैसा र बिक्रीदर २८ रूपैयाँ कायम गरेको छ । यसैगरी, आजको लागि कुवेती दिनार एकको खरिददर ४३२ रुपैयाँ ५६ र बिक्रीदर ४३४ रुपैयाँ ५१ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ९७ पैसा निर्धारण भएको छ। 
 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ०९:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार