छिचोलियो नागढुंगा–नौबिसे मुख्य सुरुङमार्ग

सोमबार, वैशाख ३, २०८१

काठमाडौं । नागढुंगा–नौबिसे मुख्य सुरुङमार्ग छिचोलिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार अपराह्न नागढुंगा–नौबिसे मुख्य सुरुङमार्ग ब्रेक थ्रु गरेका हुन् ।  यो परियोजनामा रेस्क्यु र मुख्य गरेर दुई टनेल छन् । दुई हजार पाँच सय ५७ मिटरको रेस्क्यु टनेल २२ साउनमा ‘ब्रेक थ्रु’ भइसकेको थियो । दुई हजार ६ सय ८८ मिटरको मुख्य सुरुङमार्गको उद्घाटन आज भएको हो । 

May be an image of 8 people and text
यसअघि २३ फागुनमा मुख्य टनेलको ब्रेक थ्रु गर्ने योजना थियो । तर, स्थानीयले विभिन्न माग राखेर निर्माणमा अवरोध गरेपछि फागुन ६ गतेदेखि चैत ५ गतेसम्म सुरुङ खन्ने काम रोकिएको थियो। त्यसवेला १४ मिटर खण्ड मात्रै खन्न बाँकी थियो ।  स्थानीयको माग सम्बोधन गर्ने सहमति भएसँगै ६ चैतबाट आयोजनाको निर्माण सुरु भएको थियो । यो नेपालको पहिलो आधुनिक सुरुङमार्ग हो । यो टनेल बनेपछि नौबिसे हुँदै काठमाडौं प्रवेश वा काठमाडौं हुँदै नौबिसे जाने  सवारीसाधनको यात्रा छोटिने छ । 

May be an image of 3 people, train and text that says "安 藤 藤 岡 間 安 輝 N FORTUNE O"

May be an image of 8 people and text that says "11 安 藤 安 安 藤 間 笑 मे 間 商 V D"

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १५:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार