सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले वैकल्पिक विधिबाट परीक्षा लिनका लागि आवश्यक व्यवस्था मिलाउन सम्बन्धित सबैलाई अपिल गरेको छ । सोमबार एक विज्ञप्तिमार्फत त्रिविका उपकुलपति प्रा डा धर्मकान्त बास्कोटाले रोकिएका परीक्षालाई वैकल्पिक विधिबाट लिन अाग्रह गरेका हुन् । विज्ञप्तिमा वैकल्पिक विधिबाट सुचारु भइरहेका कक्षालाई निरन्तरता दिन, सञ्चालन हुन बाँकी भएका कक्षा सुचारु गर्न र सम्पर्कमा नभएका विद्यार्थीलाई तत्काल आ(आफ्ना विभाग, क्याम्पस, स्कुल तथा डिन कार्याालयको सम्पर्कमा आउन अाग्रह गरिएको छ ।