सूर्यज्योति लाइफले ३५ प्रतिशत लाभांश वितरण गर्ने, एजीएम कहिले ?

आइतबार, वैशाख २, २०८१

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको वैशाख २१ गते वार्षिक साधारण सभा बस्ने भएको छ । कम्पनीले सभामा कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । गत आर्थिक वर्षको नाफाबाट १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश गरि कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।  इन्स्योरेन्सका अनुसार बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन हुने एजेण्डा पनि छ ।  यस्तै, आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुने र आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने पनि संस्थाले जनाएको छ । सभा, होटल हैरिसन प्यालेस, विराटनगरमा बिहान १० बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि वैशाख ७ गते बुक क्लोज हुनेछ । तसर्थ, वैशाख ६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १३:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार