सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

आइतबार, वैशाख २, २०८१

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य घटेको छ ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २२०० ले घटेर १ लाख ३६ हजार ८०० कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार १५० रुपैयाँ निर्धारण भएको छ । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३९ हजार रुपैयाँ किनबेच भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।  त्यसैगरी आज चाँदीको मुल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा ५० रुपैयाँले घटेर प्रतितोला १७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १३:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार