आइतबार लागि तरकारी तथा फलफुलको मुल्य यस्ताे रहेकाे छ

आइतबार, वैशाख २, २०८१

काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ । जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १५०, कालो अंगुर २५०, केरा १३० रुपैयाँ दर्जन, अनार २५०, भारतीय सुन्तला १६०, नेपाली मेवा ८० चुकुन्दर ६० र आभोकाडो ५५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । समितिका अनुसार लोकल सानो गोलभेडा ३० र भारतीय ठूले गोलभेडा ७०, अदुवा २५०, रातो आलु ४० रूपैयामा कारोबार हुदाँ स्थानीय काउली ५०, लौका ५०, कागती २४०, लोकल काक्रो ९०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ८० रुपैयाँ प्रतिकेजी कायम भएको छ । लेकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३५ रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा ३०, हाइब्रीड सेतो मूला २० रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी र राजमा घिउ सिमी ९० रुपैयाँ र टाटे सिमी ८० रुपैयाँ, हरियो फर्सी लाम्चो ३० र हरियो डल्लो फर्सी ४० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ४० र रायोको साग ९० रुपैयाँमा खरिदबिक्री हुँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग १४० र जिरीको साग ५० रुपैयाँमा कारोबार हुनेछ । गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ६५, हरियो प्याज ४० र पुदीना १०० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ६०, चाइनिज सुकेको लसुन २६०, हरियो लसुन १४० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा २०, भिण्डी ९० र हरियो धनिया ९० रुपैयाँ पाइने समितले जनाएको छ । उता, ताजा छडी माछा २५० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २५०, रहु माछा ३३० र मंगुरी माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १३:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार