यस्तो छ, आज विदेशी मुद्रा विनिमयदर 

आइतबार, वैशाख २, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।  जसअनुसार आज अमेरिकी डलरको एकको खरिद दर १३३ रुपैयाँ १७ पैसा र  बिक्री दर १३३ रुपैयाँ ७७ पैसका दरले कारोबार भइरहेको छ ।  त्यस्तै, यूरोको विनिमय मूल्य एकको खरिद दर १४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५६ पैसा रहेको छ । 
यसैगरी, बेलायती पाउण्ड एकको १६६ रुपैयाँ १२ पैसा र बिक्री दर १६६ रुपैयाँ ८७ पैसा रहेको छ । शुक्रबार पाउण्ड एकको खरिद मूल्य १६६ रुपैयाँ ५३ पैसा र बिक्री दर १६७ रुपैयाँ २८ पैसा कायम थियो ।  त्यस्तै, आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ०८:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार