आजदेखि नयाँ वर्ष २०८१ शुभारम्भ

शनिबार, वैशाख १, २०८१

काठमाडौं । विक्रम संवतको पात्रोअनुसार आजदेखि नयाँ वर्ष सुरु भएको छ। हिजो मध्यरातबाट २०८० साल सकिएर २०८१ साल सुरु भएको हो । वैशाख १ लाई विक्रम संवतको पात्रोअनुसार नयाँ वर्षको रुपमा मनाउने गरिएको छ । यो दिनलाई नेपाल तथा विश्वभर छरिएर रहेका नेपालीले विशेष महत्वका साथ मनाउने गर्छन् । विक्रम संवत पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ मा नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ । विसं. हिन्दू पञ्चांगमा आधारित भएर निर्माण गरिएको पात्रो मानिन्छ ।
नयाँ वर्षका अवसरमा आपसमा सद्भावका तथा आदानप्रदान गर्ने गरिन्छ । नयाँ वर्षमा धार्मिक आस्था राख्नेहरुले मठमन्दिरमा गई पूजाआजा गर्ने पनि गर्दछन् । विगतका कामको समीक्षा गर्दै कमजोरी सुधारेर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लाग्न नयाँ वर्षका अवसरमा प्रण पनि गर्ने गरिन्छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  ०५:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार