यी हुन् गुल्मीमा "दुर्लभ किङ कोब्रा" उद्दार गर्ने सागर पाण्डे

शुक्रबार, चैत ३०, २०८०

गुल्मीको सत्यवती गाउँपालिका ६ जोहाङस्थित किराना पसलभित्र दुर्लभ मानिएको किङ कोब्रा प्रजातिको ६ किलो ७१५ ग्राम रहेको सर्प पाल्पाको तानसेन नगरपालिका अर्गेलिका सागर पाण्डेले मंगलबार साँझ सकुशल उद्धार गरेका थिए । लगभग ३ मिटर लम्बाई भएको यो सर्प उद्दार गर्ने २७ बर्षीय पाण्डे सर्प कै कारणले पाल्पा र पाल्पा आसपासमा परिचीत छन् । पहिलो पटक आफ्नो बहिनीलाइ (अन्कल कि छोरी ) जो ६ महिनाकी छॅदा ऊनी सुतेको ठाउँमा सर्प आएपछी बचाउनलाई रिस्क लियेर निकालेर सर्प सॅग खेल्न सुरु गरेका पाण्डेले पाल्पा, गुल्मी,अर्घाखाँची, स्याङ्जा, नवलपरासी र रुपन्देहीमा गरि दुई दर्जन भन्दा बढी राज गोमन र अजिङ्गर उद्दार गरिसकेका छन् । उद्दार गर्दा कहिले पनि पैसा नलिने गरेको तर खुशीले उद्दार गर्ने घरकाले कहिलेकाही खाजा खाउ भन्दै ५०० देखी १००० सम्म पाउने गरेको अनुभव पाण्डेको छ । राज्यले ध्यान दिए धेरै राम्रो गर्न सकिने तर राज्यले वास्ता नगरेको गुनासो पाणेको छ ।  उनले भबिस्यमा राज्यले सहायता गरेमा नेपालका धेरै ठाँउमा पुगेर सर्पबाट बचाउने र सर्प सम्बन्धि अनुसन्धान गर्नको लागि पर्ने रहर रहेको वताउछन् ।

 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १९:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार