राप्रपा अब कसैले नजरअन्दाज गर्न नसक्ने शक्ति भइसक्यो : अध्यक्ष लिङ्देन

शुक्रबार, चैत ३०, २०८०

काठमाडौं । सरकारलाई ४० बुँदे माग राखेर मंगलबार काठमाडौंमा राप्रपाले गरेको विरोध प्रदर्शन समग्रमा सफल भएको निष्कर्ष निकालेको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा जनप्रदर्शनको समीक्षा गर्दै प्रदर्शन समग्रमा सफल भएको निष्कर्षमा पुगेको हो ।
अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसिरहेको बैठकको प्रारम्भमा अध्यक्ष लिङ्देनले प्रदर्शनमा प्रशासनिक दमनबाट केही साथीहरु घाइते हुने दुःखद घटना भएपनि समग्रमा प्रदर्शन सफल भएको बताए । 
उनले पार्टी र एजेण्डाको पक्षमा सकारात्मक सन्देश गएको, राप्रपा अब कसैले नजरअन्दाज गर्न नसक्ने शक्तिको रुपमा स्थापित भएको धारणा व्यक्त गर्दै प्रदर्शनमा सहभागी सम्पूर्णमा धन्यवाद व्यक्त गरे ।
०००

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १३:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार