ललितपुर महानगरको वैश वर्णं माँ पुच सर्वोत्कृष्ट महिला समूह

१० वटा महिला समूह पुरस्कृत 
शुक्रबार, चैत ३०, २०८०

ललितपुर । ललितपुर महानगरको वडा नं.६ मा रहेको वैश वर्णं माँ पुच सर्वोत्कृष्ट महिला समूहको रुपमा पुरस्कृत भएको छ । 
ललितपुर महानगरले वैश वर्ण माँ पुचसहित अन्य नौवटा समूहलाई उत्कृष्ट महिला समूहको रुपमा पुरस्कृत गरेको हो । महानगरले प्रत्येक वर्ष महानगरभित्र रहेका महिला समूहले गरेको कामको आधारमा उत्कृष्ट महिला समूह छनोट गर्ने गरेको छ । 
पुरस्कृत हुने अन्य महिला समूहमा वडा नं.६ मा रहेको सिन्चाहिटी मिसा पुचः, वडा नं. ११ मा रहेको दथुलँ महिला समूह, वडा नं.२४ धापाखेलमा रहेको श्री शक्ति महिला समूह , वडा नं २९ हरिसिद्धिमा रहेको विहार महिला समूह पहिलो पटक सम्मानित हुने महिला समूह हुन् । दोस्रो पटक पुरस्कृत हुनेमा वडा नं.२ सानेपामा रहेको साहसी महिला समूह, वडा नंं १३ एकान्तकुनामा रहेको नारी जागृति समूह रहेका छन् । 
कनिबहाल जागृति महिला समूह, वडा नं ६ , वडा नं.९ मा रहेको सप्तखेल मिसा पुच ः , वडा नंं.९ मा रहेको लोल महिला बचत तथा ऋण समूह तेस्रो पटक सम्मानित भएका छन् । 
पुरस्कृृत हुने महिला समूहलाई महानगर प्रमुख चिरीबाबु महर्जन र उपप्रमख मञ्जली शाक्य बज्राचार्यले पुरस्कारसहित सम्मानपत्र प्रदान गरे । lmc-news-mahila-samuha-1-1712890242.jpg

नगरप्रमुख चिरीबाबु महर्जनले उत्कृष्ट महिला समूहलाई बधाई दिए । उत्कृष्टमा नपर्नेलाई पनि हौसला प्रदान गर्दै आगामी वर्षहरुमा उत्कृष्ट बन्ने आश्वासन दिए ।
ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले महिला समूहहरु शक्तिको स्रोत भएको बताए । नगर प्रमुख महर्जनले प्लाष्टिकको झोलाको विकल्पमा प्रयोग गर्ने सक्ने झोला बनाउन महिला समूहलाई अनुरोध गरे ।  उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले सम्पूर्ण महिलालाई उद्यमी बन्न अनुरोध गरिन् । आर्थिक आत्मनिर्भरता महिला सशक्तिकरणको मुख्य आधार भएको बताइन् । lmc-news---maila-samula-1712890280.jpg

सामाजिक विकास समितिका संयोजक एवम् राजु महर्जनले महिला समूहसम्बन्धी कार्यविधि तयार बनाएको बताए । उनले भने , ‘मस्यौदा तयार भएको छ, छलफल गरेर छिट्टै कार्यपालिकाबाट पारित गर्छौ ।’ उक्त कार्यविधिमा एक महिला धेरै समूहमा आबद्ध हुन नपाउने व्यवस्था छ । तीन वर्षसम्म लगातार साधारणसभा नगर्ने समूहको सदस्य खारेज हुने व्यवस्था कार्यविधिको मस्यौदामा उल्लेख छ । बचतलाई सहकारीमा नराख्न सुझाव दिदैं लगानीमा जोड दिन उनले अनुरोध गरे । पालिकामा चार सय ७० वटा महिला समूह छन् । 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  ०८:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार