एडिबीको परिदृश्य

नेपालको अर्थतन्त्र वृद्धि हुने एडिबीको प्रक्षेपण 

बिहीबार, चैत २९, २०८०

काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले एसियाली मुलुकको समग्र विकास परिदृश्य  सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।
जुन गत आर्थिक वर्ष (२०७९-८०)को अनुमानित वृद्धि १.९ प्रतिशतभन्दा तुलनामा केही बढी हो ।  नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले मौद्रिक नीतिमा क्रमिक लचकतासँगै उपभोक्ता र लगानीकर्ताको आत्मविश्वासमा सुधारसँगै आर्थिक गतिविधि प्रोत्साहीत हुने अपेक्षा गरिएको बताए ।  उनले भने, ‘मौद्रिक नीतिमा क्रमिक लचकतासँगै उपभोक्ता र लगानीकर्ताको आत्मविश्वासमा सुधारसँगै आर्थिक गतिविधि प्रोत्साहीत हने अपेक्षा गरिएको छ । यसका अतिरिक्त, सरकारले आर्थिक वर्षको पछिल्लो ६ महिनामा पुँजीगत खर्चमा दिएको तीव्रता र आर्थिक वर्ष २०८०-८१ को अन्त्यसम्म थप जलविद्युत परियोजनाको उत्पादन शुरु भई आर्थिक वर्ष २०८१-८२ मा औद्योगिक वृद्धि बढ्दै जाने प्रक्षेपण गरिएको छ ।’ बैंकले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै कर्जा नियन्त्रणमा सहजता, व्याजदरमा थप गिरावट र पर्यटन आयमा विस्तारले सेवा क्षेत्रको वद्धिले पनि गति लिने जनाएको छ । 


धान उत्पादनमा वद्धि भएपनि हिउँदे वर्षामा कमीका कारण हिउँदे बाली र अन्य कषि उत्पादनमा आएको कमीले कृषि क्षेत्रमा पनि आर्थिक वर्ष २०७९-८० को २.७ प्रतिशतको तुलनामा २.८ प्रतिशतको सीमान्त वृद्धि हुन सक्ने प्रक्षेपण गरिएको छ ।  एसियन डेभलपमेन्ट आउटलुक २०८०-८१का अनुसार, पेटोलियमको मूल्यमा देखिएको गिरावट र भारतमा मुद्रास्फिति न्यनीकरणसँगै नेपालमा औसत मद्रास्फिति आर्थिक वर्ष २०७९-८० को ७.७ प्रतिशतको तुलनामा आर्थिक वर्ष २०८०-८१ मा ६.५ प्रतिशतमा झर्ने बताइएको हो । 
अगामि आर्थिक वर्ष २०८०-८१ को पहिलो ६ महिनामा चालु खाता पुनः घाटामा जानसक्ने बताएको बैंकले अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनासँग तुलना गर्दा वार्षिक व्यापार घाटा आर्थिक वर्ष २०८०-८१ मा ४.७ प्रतिशले घटेको छ जनाएको छ ।  ’विश्व अर्थतन्त्रमा देखापर्नसक्ने शिथिलताले नेपालको पर्यटन तथा विप्रेषण प्राप्तिमा प्रभाव पर्न गई आर्थिक वर्ष २०८०-८१ को आर्थिक परिदृश्यमा ह्रास आउने जोखिम रहेको छ,’ एडिबीका प्रमुख अर्थशास्त्री इयान हासिनले भने ।  गहिरिदो भूराजनीतिक हलचलले आपूर्ति श्रृंखलामा हुनसक्ने अवरोधले विश्वव्यापी मुद्रास्फिति र वित्तीय अवस्थामा कडाइ गर्नसक्छ । यसले आन्तरिक मौद्रिक नीति कसिलो बनाउन प्रेरित गर्नुका साथै लगानी र उपभोगमा ह्रास आई आर्थिक वृद्धिलाई तल धकेल्नसक्छ ।
एडिबीले गरिबी निवारणको आफ्नो पहललाई कायम राख्दै समृद्ध, समावेशी, उत्थानशील र दिगो एसिया–प्रशान्त क्षेत्र हासिल गर्न प्रतिवद्ध रहेको छ । सन् १९६६ मा स्थापित यस बैंकमा एसिया–प्रशान्त क्षेत्रका ४९ सहित ६८ सदस्यहरूको स्वामित्व रहेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १७:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार