सूचनाको हकको लागि राष्ट्रिय महासंघ कोशीको अध्यक्षमा नजवुल खान

बिहीबार, चैत २९, २०८०

बिराटनगर । सूचनाको हकको लागि राष्ट्रिय महासंघ कोशीको अध्यक्षमा नजवुल खान ९निलम० चयन भएकी छन् । विराटनगरमा भएको महासंघको प्रथम महाधिवेशनबाट उदयपुरकी अधिकारकर्मी खान अध्यक्षमा चयन भएकी हुन् । नागरिकको सूचना पाउने अधिकार स्थापनाका लागि उनी लामो समयदेखि अभियन्ताका रुपमा क्रियाशील छिन् । 
त्यस्तै उपाध्यक्षमा ओखलढुङ्गाका लीलावहादुर सुनुवार र झापाका इश्वरा तिवारी चयन भएका छन् । त्यस्तै, महासचिवमा झापाका सुरेन्द्र भण्डारी, सचिवमा मोरङका सोनु कुमार दास र विनोद भण्डारी चयन भएका छन् । कोषाध्यक्षमा सुनसरीका यमुना गुरागाई ९योषा० चयन भएकी छन् । 
त्यस्तै, सदस्यहरमा जमुना विष्ट ताप्लेजुङ, कृष्ण प्रसाद गौतम तेह्रथुम, रञ्जिता खड्का इलाम, धनचन्द्र दाहाल भोजपुर, प्रतिभा शाह उदयपुर, गार्डेन राई सोलुखाुम्बू, नारायण राई धनकुट्टा, मंगल वैध पाँचथर र सुजन बज्रचार्य संखुवासभा रहेका छन् ।  
२१ सदस्यीय कार्यसमिति रहने व्यवस्था अनुरुप बाँकी सदस्यहरु कार्यसमितिको बैठकबाट पछि थप गर्ने निर्णय भएको छ । बिराटनगरमा भएको महासंघको प्रथम अधिवेशनको उद्घाटन आन्तरिक तथा कानून मन्त्री सम्शेर राईले गरेका थिए । 
कार्यक्रमको उद्घाटन गर्दै मन्त्री राईले कोशी प्रदेशलाई सुचना मैत्री प्रदेशको रपमा विकास गरेर लाने बताएका छन् । उनले सूचनाको हक सम्वन्धि छुट्टै कानूनको ब्यवस्था गर्दै आगामी वर्षबाट सूचनाको हक नागरिक स्तरमा पु¥याउन प्रदेश सरकारले जनस्तरमा कार्यक्रम सञ्चालनका लागि बजेटको व्यवस्थापन गर्ने बताएका थिए ।

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  ११:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार