हेम्जाको महोत्सवमा आलु किन्ने बढे

बिहीबार, चैत २९, २०८०

पोखरा । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्यतिर आइरहँदा आलु किन्नेको सख्यामा हवात्तै वृद्धि भएको छ । बुधबारसम्म करिव २० हजारले महोत्सव अवलोकन गरेकोमा ९ सय १० घरपरिवारले आलु किनी लगेको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिम्सिनाले बताए । जसमध्ये प्रति घरपरिवारले सबैभन्दा कम १० देखि बढीमा ३ सय केजीसम्म आलु लगेका छन् ।
हेमजाको आलु बढी स्वास्थकर मानिने, छिटो पाक्ने तथा खानमा पनि मिठो हुने भएकाले अधिकाशं उपभोक्ताको रोजाइमा पर्दै आएको बुधवार महोत्सव स्थलमा आलु खरिद गर्दै गरेकी पर्वत मोदी गाउँपालिकाकी इन्दिरा शर्माको भनाइ छ । महोत्सवमा पोखरा लगायत छिमेकी अन्नपूर्ण एवम् माछापुच्छे« गाउँपालिका, बाग्लुङ, पर्वत, म्याग्दी, चितवन, तनहुँ, स्याङजा लगायतका जिल्लाबाट मानिसहरु  विष्णुपादुका खेल मैदान पुगेका छन् । पुगेकामध्ये धेरैले आलु खरिद गरेर लैजाने गरेका छन् । आयोजकलाई त्यहाँ आलु बिक्री गर्न भ्याइनभ्याई छ ।

बुधवार साँझसम्म ९ लाख रुपैयाँभन्दा बढीको आलुको कारोवार भएको छ । प्रतिकेजी ४० रुपैयाँ दरमा आलु बिक्री गरिएको छ । महोत्सवको चौथो दिन बुधबार मात्रै ५ हजार दर्शकले अवलोकन गरेका छन् । दर्शक सहभागिता बढ्दै जाँदा आयोजक समेत हौसिएका छन् । महोत्सवअन्तर्गत सांगीतिक कार्यक्रममा बुधबार कलाकारहरु सम्झना लामिछाने मगर, जीवन दाहाल, पार्वती जीसी, शिवहरि ढुंगाना, रामजी पौडेल, मधु थापा मगर, यम नेपाली, यलिना रायमाझी तथा ओएआउट ब्याण्डका प्रस्तुतिहरु रहे ।  त्यस्तै रत्यौली गीत प्रतियोगिता पनि जारी छ । रत्यौलीतर्फ बुधवार देवीस्थान आमा समूह र कमलजौसी आमा समूहले प्रस्तुति राखे । आगामी बिहीबार प्रदेशस्तरीय कृषि प्रविधि प्रदर्शनी तथा मेलाअन्तर्गत माटो तथा बाली संरक्षण विषयविज्ञसँग अन्तरक्रिया कार्यक्रमको तालिका छ । महोत्सव वैशाख ५ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १०:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार