नेप्सेमा दोहोरो अंकको गिरावट

बुधबार, चैत २८, २०८०

काठमाडौँ ।  बुधबार नेप्सेमा गिरावट आएको छ । आज नेप्से १०.७१ अंकले घटेर २०२५.३० अंकमा रोकिएको छ । आज विभिन्न कम्पनीका ८६ लाख ९६ हजार ९१८ कित्ता शेयर ६१ हजार ४२० पटक खरिद बिक्री हुँदा ३ अर्ब ४८ करोड ५६ लाख ६०  हजार ६४० दशमलव ३२ मा कारोबार भएका छन् ।  आजको कारोबारमा ट्रेडिङ क्षेत्रको १.४६ र उत्पादन क्षेत्रको ०.१३ प्रतिशतले बढेको छ । त्यस्तै होटल र पर्यटन समूहको उपसूचक एक दशमलव ६७ प्रतिशत रलाइफ इन्सुरेन्सको १.२५ प्रतिशतले घटेको छ भने बाँकी समूहको उपसूचकमा गिरावट देखिएको छ । त्यसैगरी मंडू हाइड्रोको ९.६९ प्रतिशतले बढेको छ भने खानीखोला हाइड्रोको ८.२६ प्रतिशतले बढेको छ । त्यस्तै सिगाटी हाइड्रोको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ भने वीन नेपाल लघुवित्तको ९.९३ प्रतिशतले घटेको छ ।   कारोबार रकमका आधारमा आज हिमालयन रीन्सुरेन्स लिमिटेडको १२ करोड ५४ लाख ८८ हजार १३ बराबरको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १७:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार