एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न

बुधबार, चैत २८, २०८०

काठमाडौँ । एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको प्रांगणमा एक भव्य कार्यक्रम विद्यालयको प्राचार्य टङ्क लिम्बुको अध्यक्षता सम्पन्न भएको हो । काठमाडौ महानगरपालिका वडा नं ३२ का जनप्रतिनिधि भगवान बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथिका रुपमा समाजसेवी एंव शिक्षासेवी प्रेमकुमार तामाङ र निजी विद्यालयहरुको संगठन डिनका अध्यक्ष सूर्य भन्डारी रहेका थिए । 

WhatsApp-Image-2024-04-08-at-8.23.13-PM-1712704311.jpeg
कार्यक्रमको शुरूवातमा विद्यालयका विद्यार्थीहरुले स्वागत गीत र स्वागत नृत्य गरेका थिए । त्यसैगरी कार्यक्रममा जनजाती डान्स,नर्सरी डान्स,कक्षा १ मा अध्यनरत विद्यार्थीहरुको नृत्य, एलकेजिमा अध्यनरत विद्यार्थीहरुको नृत्य,युकेजी फेसन शो, कक्षा २ का ए र बि को नृत्य, सामुहिक नृत्य,साकेला नृत्य, नर्सरीका विद्यार्थीहरुलाई सम्मान कार्यक्रम, सन्देशमुलक नाटक प्रस्तुती, धान नाच,तामाङ सेलो नृत्य,ख्याली मारुनि नृत्य, सोलो गीत, गोर्खे खुकुरी मिक्स डान्स,नौमती बाजाको अर्केष्टा,रिमाई कौडा डान्स प्रस्तुत गरेका थिए । यसैबीच एस।इ।इ। ब्याच–२०८० लाई पनि मायाको चिनो सहित बिदाई गरिएको थियो। प्रधानाध्यापक लिम्बुले अहिलेसम्म विद्यालयले गर्दै आएको विभिन्न शैक्षिक तथा अतिरिक्त कृयाकलापहरुको बारेमा प्रस्ट्याउँदै विद्यालयका आगामी योजनहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयमा अध्यनरत विद्यार्थी,अभिभावकले पनि आफ्नो विचार राखेका थिए । कार्यक्रममा विद्यार्थी,अभिभावक गरि ७ सय भन्दा धेरैको उपस्थिति रहेको थियो ।

WhatsApp-Image-2024-04-09-at-7.46.10-AM-1712704311.jpeg
 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  ०४:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार