संखुवासभामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

बुधबार, चैत २८, २०८०

काठमाडौं । संखुवासभामा बुबाको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले  पक्राउ गरेको छ । संखुवासभाको पाँचखपन नगरपालिका–२ गैरीगाउँ बस्ने २८ वर्षीय सुमन राईलाई बुबाको हत्या आरोपमा सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।  छोरा सुमनले सामान्य वादविवादमा ५० वर्षीय बुबा युवराज राईमाथि कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । घाइते युवराजको संखुवासभाको स्याबुन स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरी थप उपचारको लागि जिल्ला अस्पताल खाँदबारीमा लगिएकामा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको थियो । प्रहरीले उक्त विषयमा थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  ०४:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार