नेपाली सेनाको ‘गोरखा–जितगढी’ पदयात्रा सुरु

मंगलबार, चैत २७, २०८०

काठमाडौं । ऐतिहासिक सम्पदाहरू तथा घटनाक्रमको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यका साथ नेपाली सेनाले दोस्रो गोरखा–जितगढी पदयात्रा सुरु गरेको छ । पश्चिम पृतनापति उपरथी सन्तोष बल्लब पौड्याल र गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगरले झण्डा हस्तान्तरण गरी शुभारम्भ गरेको पदयात्रामा सहभागी फौजले नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका ५ स्थायी कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, वर्दवाणी र सबुज) हरु तथा जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डासहित पदयात्रा सुरु गरेका हुन् ।

करिव २०७ किलोमिटर दुरीमा सञ्चालन हुने यात्रा गोरखा, तनहुँ, स्याङ्जा, पाल्पा हुँदै रुपन्देहीको बुटवलस्थित जितगढीसम्म पुगेर २०८० वैशाख ७ गते विजय उत्सव समारोहका साथ समापन हुनेछ ।  नेपाली सेनाले पुसा २० गते ऐतिहासिक जितगढी किल्ला मर्मत तथा पुनःनिर्माण गरी बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो ।  यस्तै, नेपाली सेनाद्वारा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा गोरखा–काठमाडौँ एकीकरण मार्गमा पदयात्रा सञ्चालन हुँदै आएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  २१:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार