लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ ई को डिस्ट्रिक्ट गभर्नरमा छानिए लायन रामशरण बस्नेत  

मंगलबार, चैत २७, २०८०

काठमाडौं । विश्वको सबैभन्दा ठूलो स्वमसेवी संस्था लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ ई दोस्रो वार्षिक अधिवेशबाट लायन बर्ष २०२४–२०२५ का लागि डिस्ट्रिक्ट गभर्नर पदमा लायन रामशरण बस्नेत निर्वाचित भएका छन् । गत शनिबार बत्तीसपुतलीस्थित अनुपम फूडल्याण्डमा सम्पन्न वार्षिक अधिवेशनबाट प्रथम भाईस गभर्नर पदमा लायन हिराप्रसाद गुप्ता र द्धितीय भाईस गभर्नर पदमा लायन श्याम कुमार यादव निर्वाचित भएका छन् । 

436405689_1869062236900990_7588761490681901695_n-1712674707.jpg
आवश्यकता परेको ठॉउमा सबैभन्दा पहिला पुग्ने लायन सदस्यहरु नेपालमा  १५ वटा जिल्लामा ४५ हजार भन्दा बढी सदस्यहरु क्रियासिल छन । एक बर्षको कार्यकाल रहेको यस संस्था संयुक्त राष्ट्रसंघबाट मान्यता प्राप्त हो । लायन्स अन्तर्राष्ट्रियका पूर्व अन्तर्राष्ट्रिय निर्देशक लायन ई. संजय खेतानको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सेवा र सदस्यताको क्षेत्रमा महत्वपूर्ण योगदान गरेका लायनहरुलाई सम्मान पनि गरिएको थियो । तिलगंगाको प्रांगणबाट अति आकर्षक झॉकीसहित शुरू भएको प्रभातफेरीमा बग्गीमा डिस्ट्रिक्ट गभर्नर लायन हरिप्रसाद दाहाललाई नगर परिक्रमा गराइएको थियो । डिस्ट्रिक्ट भरिमा ११२ क्लबबाट करिब ५०० जना प्रतिनिधि सहभागी भएर दोस्रो जिल्ला अधिवेशन सम्पन्न गरेका हुन् । 

435722625_441594765052909_4913439968957378462_n-1712674707.jpg
No description available.

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  २०:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार